चाडपर्वको मुखमा उपभोग्य वस्तुको अनियन्त्रित मूल्यवृद्धि
annapurnapost.com · Wed Sep 23 00:36:53 GMT 2026

काठमाडौं : चाडपर्व नजिकिँदै गर्दा दैनिक उपभोग्य वस्तुको मूल्य बढ्दै गएको र कतिपय वस्तुको आपूर्ति सहज नभएको अवस्थामा बजार व्यवस्थापनमा सरकारमाथि प्रश्न उठेको छ। चामल, खानेतेल, दाल, चिनी र मसलाजन्य वस्तुको मूल्य बढेको छ भने खाना पकाउने एलपी ग्यासको आपूर्ति पनि नियमित हुन सकेको छैन।
नेपाल खुद्रा व्यापार संघको मूल्य विवरणअनुसार पछिल्ला महिनामा अधिकांश खाद्यवस्तुको मूल्य उकालो लागेको छ। असारदेखि भदौ अन्तिमसम्म २५ किलोको जिरा मसिनो चामलको मूल्य करिब ४ सयदेखि ५ सय रुपैयाँसम्म बढेर २ हजार ५ सयदेखि २ हजार ७ सय रुपैयाँसम्म पुगेको थियो। सोना मन्सुली चामलको २५ किलोको बोराको मूल्य पनि १ हजार ३ सय ५० रुपैयाँबाट बढेर १ हजार ७ सय ५० रुपैयाँसम्म पुगेको व्यवसायीहरूले बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)