पोखराबाट अन्तरदेशीय उडान गर्द फ्लाई दुबई
annapurnapost.com · Wed Sep 23 00:39:34 GMT 2026

पोखरा : पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो पटक बुधबारदेखि अन्तरदेशीय उडान सुरु हुँदैछ। फ्लाई दुबईले दुबई–पोखरा, पोखरा–दुबई दैनिक नियमित व्यावसायिक उडान सेवा सुरु गर्न लागेको हो।
बुधबार साँझ ६ः१५ बजे फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दै छ। बुधबार साँझ नै जहाजले पोखराबाट प्यासेन्जर लिएर दुबईका लागि उडान भर्नेछ। पोखराबाट दुबईमा ट्रान्जिट भएर विभिन्न देशको यात्रा गर्न सकिने गरी पहिलो पटक अन्तर्राष्ट्रिय उडान सुरु भएपछि पोखराको स्थानीय र पर्यटन व्यवसायी उत्साहित छन्। यसअघि चीनका केही सहरमा सातामा एक पटक व्यावसायिक उडान भए पनि यसले निरन्तरता पाउन सकेको थिएन।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)