टेनिस टोलीलाई इन्फिनिटीको खेल पोसाक
baahrakhari.com · Wed Sep 23 00:41:35 GMT 2026
काठमाडौं । जापानको आइची नागोयामा भइरहेको २०औँ एसियाली खेलकुदमा सहभागिता जनाइरहेको नेपाली टेनिस टोलीलाई भाटभटेनी सुपर मार्केटमा आबद्ध इन्फिनिटी एक्टिभ वेयरले खेल पोसाक प्रदान गरेको छ ।
नेपाल टेनिस संघले मंगलबार सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा आयोजना गरेको बिदाइ तथा शुभकामना कार्यक्रममा इन्फिनिटीका प्रबन्ध निर्देशक प्रवीण गुरुङ र सीओओ सौरभ गुरुङले टोलीलाई खेल पोसाक हस्तान्तरण गरे । प्रबन्ध निर्देशक गुरुङले आगामी दिनमा पनि टेनिस संघसंग सहकार्य गर्न तयार रहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)