बेङ्ग्लोरलाई हराउँदै राजस्थान उक्लियो शीर्षस्थानमा
pahilopost.com · Tue Apr 26 17:51:36 GMT 2022
इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज सम्पन्न खेलमा राजस्थान रोयल्सले रोयल च्यालेन्जर्स बेङ्ग्लोरमाथि जित निकालेको छ। पुणेस्थित महाराष्ट्र क्रिकेट एसोसिएसन स्टेडियममा सम्पन्न खेलमा राजस्थानले २९ रनको जित निकालेको हो।
टस हारेर ब्याटिङमा उत्रिएको राजस्थानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४४ रन बनाएको थियो। राजस्थानका लागि रियान परागले सर्वाधिक अविजित ५६ रन बनाउँदा कप्तान सञ्जु सामसनले २७ रन बनाए। त्यस्तै रविचन्द्रन अश्विनले १७ रन तथा डार्यल मिचेलले १६ रन बनाए। बलिङतर्फ बेङ्ग्लोरका मोहम्मद सिराज, जोस हेजलवुड र वानिन्दु हसरंगा डी सिल्भा समान २ विकेट लिँदा हर्षल पटेलले १ विकेट लिइ।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)