पर्यटनमन्त्री पौडेलद्वारा मझगाउँ विमानस्थल अवलोकन
barnanmedia.com · Wed Jul 22 11:09:11 GMT 2026

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेलले कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित मझगाउँ विमानस्थलको स्थलगत अवलोकन गर्नुभएको छ ।
मन्त्री पौडेलले आज स्थलगत अवलोकन गर्दै विमानस्थल पुनः सञ्चालनका लागि भइरहेको प्रगति र बाँकी रहेका कामबारे सम्बन्धित जानकारी लिनुभएको थियो । अवलोकनका क्रममा उहाँले राज्यको लगानी खेर जान नहुने बताउँदै विमानस्थलको पुनर्निमार्णमा देखिएका समस्या समाधान गरिने बताउनुभयो । त्यसैगरी मन्त्री पौडेलले आजै दोधारा चाँदनीमा निर्माण भइरहेको सुक्खा बन्दरगाहको स्थलगत अवलोकन गर्नुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)