ट्रम्पद्वारा ‘एआई फोर्स’ घोषणा
gorkhapatraonline.com · Wed Sep 23 00:45:55 GMT 2026

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार संयुक्त राष्ट्रसङ्घको महासभाको उच्चस्तरीय सत्रमा विशेष सम्बोधन गर्दै आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिको तीव्र विकास, विश्वव्यापी द्वन्द्व र अमेरिकी राष्ट्रिय सुरक्षा तथा अर्थतन्त्रका विषयमा कडा अभिव्यक्ति दिनुभएको छ ।
विश्वभरका नेताहरू सहभागी महासभामा बोल्दै राष्ट्रपति ट्रम्पले अमेरिका प्रविधि र विश्वशान्ति दुवै क्षेत्रमा नेतृत्वदायी भूमिकामा रहने दाबी गर्नुभयो । उहाँले ‘एआई फोर्स’ र यसको नेतृत्वका लागि ‘एआई जार’ नियुक्त गर्ने योजनाबारे चर्चा गर्र्दै अमेरिकाले एआई उद्योगको विकासलाई कुनै पनि हालतमा कुण्ठित वा सुस्त नबनाउने स्पष्ट पार्नुभयो । एआईको सुरक्षासम्बन्धी डर र अति नियमनका मागलाई अस्वीकार गर्दै उहाँले अमेरिकालाई चीनभन्दा अगाडि राख्न र अमेरिकी अर्थतन्त्रमा यसको हिस्सा उल्लेख्य रूपमा वृद्धि गर्न सरकारले उद्योगलाई संरक्षण र प्रोत्साहन दिने स्पष्ट गर्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)