सुलभ बन्दै चिनी आपूर्ति
gorkhapatraonline.com · Wed Sep 23 00:49:49 GMT 2026

काठमाडौँ उपत्यकाका भाटभटेनी, बिगमार्ट, सेल्सबेरी (डिपार्टमेन्ट स्टोर) र एक हजारभन्दा बढी खुद्रा पसलमार्फत प्रतिकेजी ११० रुपियाँमा चिनी बिक्री हुन थालेको छ । उपत्यकाका मुख्य ठाउँमा रहेका एक हजार खुद्रा पसल र सबै डिपार्टमेन्ट स्टोरले साल्ट ट्रेडिङ कर्पोरेसनबाट प्रतिकेजी १०५ रुपियाँमा खरिद गरेर ११० रुपियाँमा बिक्री गर्न थालेका हुन् । नजिकिँदै गरेको चाडपर्वलक्षित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको आग्रहमा कर्पोरसनबाट चिनी लिएर खुद्रा पसल र डिपार्टमेन्ट स्टोरले प्रतिकेजी ११० रुपियाँमा बिक्री भइरहेको छ ।
साल्ट ट्रेडिङ कर्पोरेसनका अनुसार डिपार्टमेन्ट स्टोरले एक पटक धेरै परिणाममा चिनी उठाउने भएकाले ढुवानी आफैँ गर्दै आएका छन् भने खुद्रा पसललाई भने कर्पोरेसनमार्फत पसलसम्म नै ढुवानीको व्यवस्था गरिएको छ । कर्पोरसनका बिक्री प्रबन्धक निर्देशक प्रज्वल प्रधानले कर्पोरेसनको चिनी लिएका पसलले प्रतिकेजी ११० रुपियाँ चिनी पाइने भनेर ब्यानर राख्नुपर्ने व्यवस्था गरेको जानकारी दिनुभयो । उपत्यकामा खुद्रा व्यापार सङ्घमा आबद्ध भएका अधिकांश व्यापारीले चिनी कर्पोरेसनको चिनी लिएर बिक्री गर्न थालेको पनि उहाँले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)