उद्धारमा खटिएका जेसिबी चालकलाई सम्मान
gorkhapatraonline.com · Wed Sep 23 00:57:49 GMT 2026

भोटेकोशी बाढीका क्रममा उद्धार कार्यमा योगदान गरेका दुई नेपाली ग्राहक ऐनबहादुर राउत र नेत्रबहादुर अधिकारीलाई जेसिबी इन्डियाले सम्मान गरेको छ । उहाँहरूलाई ‘बाउमा कन्एक्सपो इन्डिया २०२६’ को जेसिबी प्याभिलियनमा जेसिबी इन्डियाका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक दीपक सेट्टीले सम्मान गर्नुका साथै उहाँहरूको प्रयासको प्रशंसा गर्नुभयो ।
जेसिबी २२१ ट्र्याक्ड एक्साभेटर र अन्य मेसिन प्रयोग गरी राउत र अधिकारीले त्रिशूली–३ ‘ए’ साइटमा लगातार धेरै दिन काम गर्नुभएको थियो । त्यसैका कारण त्यहाँ फसेका दुई व्यक्तिको जीवितै उद्धार सम्भव भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)