जलविद्युतमा मात्रै केन्द्रित नहुन लगानी बोर्डलाई सुझाव
gorkhapatraonline.com · Wed Sep 23 00:55:25 GMT 2026

राष्ट्रिय सभाका सदस्यले ऊर्जा सँगसँगै पर्यटन, शिक्षा र स्वास्थ्यक्षेत्रमा समेत लगानी प्रवर्धन गर्ने गरी अगाडि बढ्न लगानी बोर्डका पदाधिकारीलाई सुझाव दिएका छन् । सम्भावित जोखिमलाई ध्यानमा राख्दै जलविद्युत्मा मात्रै केन्द्रित नहुन उहाँहरूले जोड दिनुभयो ।
राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको ‘नेपालमा लगानी प्रवर्धनसम्बन्धी’ छलफलमा समितिका सभापति कृष्णप्रसाद पौडेलले लगानी प्रवर्धनका लागि नीतिगत, संरचनागत र कानुनी सुधार सम्बन्धमा गर्नुपर्ने कामबारे जानकारी गराउन बोर्डका पदाधिकारीलाई आग्रह गर्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)