काठमाडौंसहित देशका विभिन्न क्षेत्रमा बिहानैदेखि वर्षा
annapurnapost.com · Wed Sep 23 00:58:53 GMT 2026

काठमाडौं : हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै न्यून चापीय क्षेत्र बङ्गालको खाडीको पश्चिम–मध्य भूभाग आसपास रहेको छ र उक्त प्रणाली आगामी दिनमा थप शक्तिशाली बन्दै बलियो न्युन चापीय क्षेत्रको रूपमा पश्चिम–उत्तर पश्चिम दिशा तिर सर्ने देखिन्छ। जसका कारण काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा अहिले सिमसिम पानी परिरहेको छ।
बङ्गालको खाडीमा बनेको सम्भावित चक्रवात (समुद्री आँधी) को प्रभावका कारण बिहीबारदेखि चार दिनसम्म (असोज ८ देखि १२ गतेसम्म) देशभर भारी वर्षाको सम्भावना रहेको मौसमविद्हरूले जनाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)