एसियाड टेनिस टोलीलाई इन्फिनिटीको खेल पोसाक
ratopati.com · Wed Sep 23 01:27:23 GMT 2026
काठमाडौँ । जापानमा भइरहेको २० औँ एसियाली खेलकुदको टेनिसमा सहभागी हुने नेपाली टोलीलाई भाटभटेनी सुपर मार्केटमा आबद्ध इन्फिनिटी एक्टिभ वेयरले प्रोत्साहन स्वरूप खेल पोसाक प्रदान गरेको छ ।
नेपाल टेनिस संघले मंगलबार सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा आयोजना गरेको बिदाइ तथा शुभकामना कार्यक्रममा इन्फिनिटीका प्रबन्ध निर्देशक प्रवीण गुरुङ र सीओओ सौरभ गुरुङले टोलीलाई खेल पोसाक हस्तान्तरण गरे । प्रबन्ध निर्देशक गुरुङले आगामी दिनमा पनि टेनिस संघसंग सहकार्य गर्न तयार रहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)