घरायसी र व्यावसायिकलाई बेग्लाबेग्लै तौलका सिलिन्डर
gorkhapatraonline.com · Wed Sep 23 01:26:11 GMT 2026

सरकारले खाना पकाउने ग्यासमा दुई थरी तौल कायम गर्ने गरी अध्ययनको काम अगाडि बढाएको छ । घरायसी प्रयोजन र व्यावसायिक प्रयोजनका लागि १४.२ केजी तौलको सिलिन्डर कायम रहेकाले फरक फरक तौलको सिलिन्डर बनाउने गरी अध्ययन सुरु गरिएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव एवं प्रवक्ता जितेन्द्र बस्नेतको संयोजकत्वमा गठन भएको समितिले अध्ययन थालेको हो । समितिमा नेपाल गुणस्तर तथा नापतौल विभाग, भन्सार विभाग, नेपाल आयल निगम र ग्यास उद्योगीका प्रतिनिधि रहेका छन् ।
प्रवक्ता बस्नेतले व्यावसायिक प्रयोजनका लागि सिलिन्डरको तौल फरक बनाउने गरी अध्ययन भइरहेको जानकारी दिनुभयो । गुणस्तर तथा नापतौल विभागले व्यावसायिक प्रयोजनका लागि ४५० केजी तौलको मापदण्ड बनाइसकेकाले त्यसलाई पनि आधार लिइएको उहाँले जानकारी दिनुभयो । ग्यास उद्योगीसहितको टोलीले अध्ययनको काम सुरु गरिसकेकाले १५ दिनमा प्रतिवेदन तयार गरिने उहाँले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)