नर्वेजियन पर्वतारोही हरिला अन्नपूर्णको चुचुरोमा
ratopati.com · Mon Jun 05 22:37:00 GMT 2023
म्याग्दी । ६ महिनाको अवधिमा विश्वमा रहेका आठ हजार मिटर अग्ला १४ वटा हिमालको आरोहण गरेर कीर्तिमान बनाउने अभियानमा रहेकी नर्वेजियन पर्वतारोही क्रिस्टिल हरिला आज म्याग्दीस्थित अन्नपूर्ण प्रथम हिमालको चुचुरोमा पुगेकी छन् ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको आठ हजार ९१ मिटर अग्लो अन्नपूर्णसहित हरिलाले आठवटा हिमालको सफल आरोहण गरिसकेकी छन् । आज बिहान ६ बजे हरिला र पाँचजना नेपाली पर्वतारोहीले अन्नपूर्ण हिमालको सफल आरोहण गरेका सेभेन समिट टे«क्सका प्रबन्ध निर्देशक थानेश्वर गुरागाईँले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)