रेलिगेसनमा साउथह्याम्पटन
ekantipur.com · Sun May 14 00:34:07 GMT 2023
लन्डन — इंग्लिस प्रिमियर लिगमा साउथह्याम्पटनको ११ वर्षको बसाइमा शनिबार पूर्णविराम लागेको छ । फुलहमबाट २–० गोलान्तरले पराजित भएपछि साउथह्याम्पटन रेलिगेसनमा पर्ने निश्चित भएको हो ।
फुलहमको जितमा कार्लोस भिनिसियस र एलेक्सान्डर मिट्रोभिचले गोल गरे । साउथह्याम्पटनले पछिल्ला ११ खेलमा तीन अंक मात्र बटुल्दै लगातार खराब प्रदर्शन गरिरहेको छ । उसले दुई खेल खेल्न बाँकी छँदै २४ अंकमा लिग तालिकाको अन्तिम स्थानमा छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)