देशभर मनसुनी र पश्चिमी वायुको प्रभाव, यी प्रदेशमा भारी वर्षाको सम्भावना
ajakoartha.com · Wed Sep 23 01:32:00 GMT 2026

काठमाडौं- हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै न्यून चापीय क्षेत्र बङ्गालको खाडीको पश्चिम–मध्य भूभाग आसपास रहेको छ र उक्त प्रणाली आगामी दिनमा थप शक्तिशाली बन्दै बलियो न्युन चापीय क्षेत्रको रूपमा पश्चिम–उत्तर पश्चिम दिशा तिर सर्ने देखिन्छ।
हाल बागमती प्रदेशका साथै देशका हिमाली र पहाडी भूभागमा साधरणतया बादल लागेको छ भने र तराई भू–भागमा मौसम मुख्यतया सफा देखि आंशिक बादल लागेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)