लालबन्दी–सलेमपुर प्रसारण लाइन सञ्चालन
gorkhapatraonline.com · Wed Sep 23 01:39:05 GMT 2026

सर्लाहीको लालबन्दी नगरपालिका–१ स्थित नवलपुर सबस्टेसनदेखि चक्रघट्टा गाउँपालिका–७, चैनपुरासम्मको लालबन्दी–सलेमपुर १३२ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । यो आयोजना अन्तर्गत चैनपुरामा निर्माण गरिएको १३२/३३/११ केभी सबस्टेसनसमेत सञ्चालनमा आएको छ ।
सबस्टेसनमा १३२/३३ केभी, ३० एमभिए क्षमताका दुई वटा तथा ३३/११ केभी, २४ एमभिए क्षमताको एक पावर ट्रान्सफर्मर जडान गरिएको छ । यससँगै सबस्टेसनको कुल क्षमता ८४ एमभिए रहेको जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)