क्षतिग्रस्त प्रसारण लाइन चार महिनामा निर्माण गर्ने तयारी
gorkhapatraonline.com · Wed Sep 23 01:35:03 GMT 2026

भोटेकोशी बाढीका कारण क्षतिग्रस्त भएका विभिन्न प्रसारण लाइन निर्माणका लागि नेपाल विद्युत् प्राधिकरणले अग्रसरता देखाएको छ । प्राधिकरणले विभिन्न प्रसारण लाइन र खास गरी त्रिशूली ३ ‘बी’ हब सबस्टेसन क्षतिग्रस्त भएपछि वैकल्पिक व्यवस्थासहित नयाँ प्रसारण लाइन निर्माण गर्ने प्रक्रिया सुरु गरेको छ ।
भोटेकोशीको विनाशकारी बाढीका कारण भोटेकोशी तथा त्रिशूली नदी कोरिडोरका विभिन्न आयोजनाको विद्युत् प्रवाह गर्ने प्रसारण लाइन अहिले बन्द छन् । बाढीले ७८ मेगावाटको सालासुँगी (सान्जेन), १४.८ मेगावाटको माथिल्लो सान्जेन, ४२.५ मेगावाटको सान्जेन, १४.८ मेगावाटको माथिल्लो मैलुङ र पाँच मेगावाटको मैलुङखोला गरी कुल १५५.१ मेगावाट क्षमताका आयोजना प्रसारण लाइन क्षतिका कारण विद्युत् उत्पादन बन्द छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)