पोखरा–दुबई नियमित उडान आजदेखि, पर्यटन व्यवसायी उत्साहित
reportersnepal.com · Wed Sep 23 01:40:27 GMT 2026

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु गर्दैछ। लामो समयदेखि नियमित अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा रहेको पोखरामा फ्लाई दुबईको उडान सुरु हुने भएपछि पर्यटन व्यवसायी उत्साहित भएका छन्।
विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार बुधबार साँझ ६ः१५ बजे फ्लाई दुबईको विमान पोखरा अवतरण गर्नेछ भने यात्रु लिएर ७ः१५ बजे दुबई फर्किनेछ। अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक अध्यागमन, भन्सार, कार्गोलगायत सबै तयारी पूरा भएको उनले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)