पानीको स्रोत पुनर्भरण पोखरी
ratopati.com · Wed Sep 23 01:44:13 GMT 2026

महोत्तरी । चुरे शिखरको उद्गमस्थलदेखि पूर्वपश्चिम राजमार्गको रातुपुलबाट एक किलोमिटर दक्षिणसम्म रातु नदीले महोत्तरी र धनुषा जिल्ला छुट्याउँछ । करिब २८ किलोमिटरको यो दूरीबीच नदीका दायाँबायाँका वन क्षेत्रमा निर्मित पोखरी चुरेकाछका मात्र नभएर तलसम्मकै बस्तीका लागि जीवनदायिनी बनेका छन् । रातु वारिपारिका यो क्षेत्रमा २१३ पुनर्भरण पोखरी छन् ।
गत वर्ष कम पानी पर्यो । धेरै ठाउँका पानीका स्रोतका मुहान सुकेर खानेपानीकै समस्या भयो । तर रातु नदीको पानी नै खानेपानीको स्रोत रहेका रातु वारिपारिका २० भन्दा बढी बस्तीमा पानीको समस्या भएन ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)