चीनले जित्यो एसियाली खेलकुदमा महिला भलिबलको स्वर्ण
kendrabindu.com · Wed Sep 23 01:44:03 GMT 2026
काठमाडौं । घरेलु टोली जापानलाई सोझो सेटमा पराजित गर्दै चीनले एसियाली खेलकुदको महिला भलिबलमा स्वर्ण पदक जितेको छ । मंगलबार भएको फाइनलमा चीनले २५–१९, २५–२०, २५–२३ ले आफ्नो पक्षमा पार्यो ।
चीनले एसियाली खेलकुदको महिला भलिबलमा १०औँ स्वर्ण पदक जितेको हो । गत संस्करणमा पनि चीनले जापानलाई नै हराउँदै स्वर्ण चुमेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)