दोस्रो चरणबाट बाहिरियो रुविन र इभानाको जोडी
kendrabindu.com · Wed Sep 23 01:49:17 GMT 2026
काठमाडौं । रुविन महर्जन र इभाना थापाको जोडी जापानमा जारी एसियाली खेलकुदमा टेबलटेनिस मिक्स्ड डबल्सको दोस्रो चरणबाटै बाहिरिएको छ ।
बुधबार नागोयास्थित स्काइ हल टोयोटामा सम्पन्न खेलमा नेपाली जोडी हङकङका क्वान टु यी र विङ लाम एनजीको जोडीसँग ३–० को सोझो सेटमा पराजित भयो । नेपाली जोडीले खेल २–११, ६–११, ७–११ ले गुमायो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)