बाढीको जोखिमले बीपी राजमार्ग बन्द, पृथ्वीलोकमार्ग एकतर्फी खुल्यो [अरू के छन्?]
himalpress.com · Wed Sep 23 01:48:38 GMT 2026

काठमाडौँ- देशका विभिन्न राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन् । नेपाल प्रहरीको विवरण अनुसार काभ्रे, रसुवा, नुवाकोट र धादिङका सडकमा अवरोध तथा जोखिम देखिएको छ ।
काभ्रेमा बीपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुञ्जेबेँसी खण्डमा सम्भावित बाढीको जोखिमका कारण ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । प्रहरीले असोज ६ गते साँझदेखि बिहानसम्मको अवस्था हेरी सवारी सञ्चालन गरिने जनाएको छ । रसुवामा मुख्य राजमार्गका विभिन्न स्थानमा बाढीका कारण सडक पूर्णरूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)