लुम्बिनीमा असोज ९ गतेदेखि भारी वर्षाको सम्भावना, सतर्क रहन मुख्यमन्त्री आचार्यको अपिल
nepalpress.com · Wed Sep 23 01:47:09 GMT 2026

रूपन्देही । लुम्बिनी प्रदेशमा असोज ९ देखि ११ गतेसम्म मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा तथा केही स्थानमा अति भारी वर्षा हुनसक्ने पूर्वानुमानपछि मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशवासीलाई उच्च सतर्कता अपनाउन अपिल गरेका छन् ।
मुख्यमन्त्री आचार्यले बुधबार अपिल जारी गर्दै सम्भावित भारी वर्षाका कारण बाढी, पहिरो, भू–क्षय, गेग्रान बहाव तथा तराई र शहरी क्षेत्रमा डुबानको जोखिम बढ्न सक्ने बताएका हुन । उनले नदी, खोला तथा नालामा पानीको सतह बढ्न सक्ने र सडक तथा यातायातसमेत प्रभावित हुनसक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा विशेष सावधानी अपनाउन आग्रह गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)