देवीदेवतालाई निमन्त्रणास्वरूप रोटी
gorkhapatraonline.com · Wed Sep 23 01:54:54 GMT 2026

इन्द्रजात्रा (येयाँ पुन्ही) का अवसरमा जीवित देवी कुमारी र देवताद्वय गणेश तथा भैरवलाई निमन्त्रणा दिन रोटी बनाउन व्यस्त हुनुहुन्थ्यो कपिल गमाल । उहाँ मात्र नभएर वसन्तपुरस्थित कुमारीघरभित्र परम्परागत रोटी बनाउन शालिकराम गमाल, जीवन गमाल र अभिषेक बलामी पनि व्यस्त हुनुहुन्थ्यो ।
कुमारीको रथयात्रा सुरु हुनुअघि देवगणहरूलाई निमन्त्रणा गर्ने प्रचलन अनुसार यस्ता विशेष प्रकारका रोटी तयार गरिएको हो । हनुमानढोकामा इन्द्रध्वजोत्थान गरेपछि देवीदेवतालाई निमन्त्रणास्वरूप विभिन्न प्रकारका रोटी चढाउने गमालले जानकारी दिनुभयो । इन्द्रजात्रा (येयाँ पुन्ही) का अवसरमा “देवीदेवताका लागि हो, जसरी मन लाग्यो त्यही गरेर बनाउन मिल्दैन,” रोटीको व्याख्या गर्दै उहाँले भन्नुभयो, “यसका लागि सही तरिका र तौल पनि मिलाउनु पर्छ ।”
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)