चेपे नदी
baahrakhari.com · Wed Sep 23 01:52:24 GMT 2026

लमजुङको राइनास नगरपालिका–७ र गोरखाको पालुङटार नगरपालिका–३ को सीमाक्षेत्र हुँदै बगिरहेको चेपे नदी । गोरखाका राजा द्रव्य शाह र लमजुङका राजा नरहरि शाह दाजुभाइबीच राज्यको सीमालाई लिएर विवाद भएपछि उनीहरूकी आमा राजमाताले चेपे नदीमा दूधको धारा बगाएर सीमा छुट्याएको किंवदन्ती यस नदीसँग जोडिएको छ । दाजुभाइको विवाद र दुई राज्यबीचको ऐतिहासिक सम्बन्धको साक्षी बनेको चेपे नदी अहिले पनि लमजुङ–गोरखाको सीमाक्षेत्र हुँदै बगिरहेको छ । तस्बिर : जनक श्रेष्ठ/रासस
#बाह्रखरी फोटो
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)