पानी पर्दा फेवातालमा प्लास्टिकजन्य फोहोर
annapurnapost.com · Mon Feb 27 00:51:49 GMT 2023
पोखरा : पोखरामा ४ महिनापछि आइतबार ठूलो हिउँदे वर्षा भयो। वर्षापछि खोला बढ्यो। खोला बढेपछि फ्याँकिएका प्लास्टिकजन्य फोहोर तालमा बगाएर थुपारेपछि ताल फोहोर देखिएको छ। बर्सेनी यसरी फेवातालमा प्लास्टिकजन्य फोहोर थुप्रिएसँगै तालको पर्यावरणमा असर पर्दै गएको छ। पानी परेपछि ढलमा सोझ्याइएको फोहोर पानीका कारण पनि ताल प्रदूषणको चपेटामा परेको छ।
पछिल्लो समयमा फेवाताल मुहान क्षेत्रबाट पनि प्रदूषणको चपेटामा पर्दै गएको छ। तालको पानीको मुख्य स्रोत हर्पन खोला किनारमा बस्ती बढ्दै गएपछि फोहोर व्यवस्थापन भएको छैन। यसले मुहान क्षेत्रबाट पनि ताल प्रदूषणको चपेटामा पर्दै गएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)