सातौँ पुल्चोक कप छात्रा फुटबल सुरु
gorkhapatraonline.com · Wed Sep 23 01:59:10 GMT 2026
गुल्मीको पुल्चोक स्पोर्ट्स क्लबको आयोजनामा सातौँ पुल्चोक कप खुला विद्यालयस्तरीय छात्रा फुटबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले उद्घाटन गर्नुभयो ।
रेसुङ्गा नगरपालिका–७ उनायचौरमा मङ्गलबारदेखि असोज १० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ११ विद्यालय सहभागी भएका छन् । प्रतियोगिता कक्षा १० सम्म र कक्षा ११ तथा १२ का छात्राका लागि गरी दुई तहमा सञ्चालन हुने क्लबले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)