उही चोक, उस्तै आक्रोश : आत्मदाह किन रोकिएन ?
annapurnapost.com · Wed Sep 23 01:53:49 GMT 2026

काठमाडौं : ‘ट्राफिकले ह्यारेसमेन्ट गर्यो,’ त्रिपुरेश्वर चोकमा आफूले चलाएको बसमा आगजनी गर्नुअघि अर्जुन दोङ तामाङले सशस्त्र प्रहरीसँग संवेगात्मक प्रश्न गर्छन्, ‘मेरो गल्तीबिना उहाँले किन यस्तो गर्नुभयो त ? म मर्न तयार छु, सर। आमासम। छोड्दिनँ।’
बा ५ ख ४२७४ नम्बरको बसका चालकको सिटमा रहेका तामाङले झ्यालबाट टाउको निकालेर सशस्त्र प्रहरीसमक्ष असन्तुष्टि र आक्रोश व्यक्त गर्छन्। उनको आवेशयुक्त भनाइ व्यक्त भइरहँदा वरिपरि तीनजना ट्राफिक प्रहरीहरू देखिन्छन्। त्यही बेला ‘हान्नु... न’ भनेको आवाज भिडियोमा सुनिएको छ। त्यो आवाज ट्राफिक प्रहरीको हो वा अरू कसैको, त्यो छानबिनकै क्रममा छ। त्यस आवाजको प्रतिवाद गर्दै तामाङले ‘जे गर्न सक्छस् ..’ भनेको सुनिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)