मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

चर्को ब्याजदरको विरोधमा व्यवसायी आन्दोलित

nayapatrikadaily.com · Sat Oct 22 00:39:00 GMT 2022

रुपन्देहीका उद्योगी–व्यवसायीले बैंक तथा वित्तीय संस्थाहरूले अत्यधिक मात्रामा ब्याज वृद्धि गरेको विरोधमा भैरहवामा शुक्रबार विरोध प्रदर्शन गरेका छन् । अत्यधिक बढी ब्याजदरका कारण व्यवसाय गर्न नसकिने अवस्था आएको भन्दै विभिन्न ५० वटा उद्योगी–व्यवसायी संस्थाले विरोध प्रदर्शन गरेका हुन् ।

उनीहरूले नेपाल राष्ट्र बैंक सिद्धार्थनगर शाखामार्फत गभर्नरलाई तथा जिल्ला प्रशासन कार्यालय रुपन्देहीमार्फत अर्थ मन्त्रालयमा ज्ञापनपत्र बुझाएका छन् । जिल्लामा रहेका क्रियाशील व्यावसायिक संघ–संस्थाहरूको सञ्जालले भैरहवाको बुद्ध चोकबाट विरोध र्‍यालीसहित नारायणस्थान, प्रहरी टोल, मिलन चोक, बैंक रोड हुँदै देवकोटा चोकमा पुगी राष्ट्र बैंकमा ज्ञापनपत्र बुझाएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)