मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

महिला साफ च्याम्पियनसिपको सेमिफाइनल खेल आज : नेपालले भारतसँग खेल्दै

Ujyaaloonline.com · Fri Sep 16 00:49:40 GMT 2022

काठमाण्डाै - महिला साफ च्याम्पियनसिपको सेमिफाइनलका खेल आज हुँदैछन् । नेपालले भारतसँग खेल्दैछ। खेल दशरथ रङ्गशालामा बेलुका साढे ५ बजे सुरु हुनेछ ।

नेपाल समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो । भारत समूह ‘ए’ को अन्तिम खेलमा बङ्गलादेशसँग ३–० गोलले पराजित हुँदै समूहको उपविजेता टोली बनेकाे हो । साफ च्याम्पियनसिपको इतिहासमा नेपाल र भारत सेमिफाइनलमा खेल्न लागेको यो दोस्रो पटक हो । यसअघि सन् २०१७ मा नेपाल भारतसँग पराजित हुँदै सेमिफाइनलबाट बाहिरिएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)