मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

जेम्समा थन्डरबोल्ट्स कप

ekantipur.com · Sat Sep 23 01:17:29 GMT 2023

काठमाडौँ — जेम्स स्कुलको आयोजनामा थन्डरबोल्ट्स कप खेलकुद मेला शनिबार सुरु हुनेछ । १६ दिने प्रतियोगितामा १ सयभन्दा बढी स्कुलका ५ हजार विद्यार्थीले भाग लिने छन् । फुटबल, फुटसल, बास्केटबल, क्रिकेट, भलिबल, तेक्वान्दो, जुडो, टेबलटेनिस र पौडी गरी १० खेलमा प्रतिस्पर्धा गराइने छ ।

सबैभन्दा बढी अंक ल्याउने स्कुललाई ५ लाख प्रदान गरिने आयोजक जेम्सले जनाएको छ । प्रतियोगितामा स्वर्ण जित्नेलाई ५, रजत जित्नेलाई ३ र कांस्य पदक जित्नेलाई १ अंक प्रदान गरी सर्वाधिक अंक ल्याउनेलाई ओलम्पिक शैलीमा विजेता घोषणा गरिने जेम्सका अतिरिक्त क्रियाकलाप संयोजक अनित पाण्डेले जनाए ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)