कांग्रेसको १५औं महाधिवेशन: आज देशभर पालिका अधिवेशन हुँदै
rajdhanidaily.com · Wed Sep 23 02:15:43 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज देशभरका स्थानीय तहहरूमा एकसाथ पालिका स्तरीय अधिवेशन आयोजना गरिँदै छ। यही असोज ३ गते वडा अधिवेशनबाट विधिवत् रूपमा सुरु भएको महाधिवेशनको प्रक्रियासँगै स्थानीय तहमा नयाँ नेतृत्व चयन गर्ने चरण सुरु भएको हो।
अधिकांश स्थानहरूमा वडा अधिवेशनहरू उत्साहजनक र शान्तिपूर्ण रूपमा सम्पन्न भइसकेकाले आजको पालिका अधिवेशन पनि सहज, सौहार्दपूर्ण र भव्य रूपमा सम्पन्न हुने विश्वास कांग्रेस केन्द्रीय निर्वाचन समितिले व्यक्त गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)