मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

लकिङ अवधि सकिन लाग्दा आकर्षक लाभांश प्रस्ताव, लगानीकर्ताले के गर्ने?

setopati.com · Wed Sep 23 02:18:04 GMT 2026

कुनै कम्पनीले निश्चित समूहका लगानीकर्तालाई सेयर जारी गर्दा उनीहरूले त्यो सेयर तत्काल बिक्री गर्न नपाउने व्यवस्था हुन सक्छ। कम्पनीले तोकेको निश्चित अवधिसम्म त्यस्ता सेयर बिक्री गर्न रोक लगाइएको हुन्छ। यसरी रोक लगाइएको अवधिलाई लकिङ अवधि भनिन्छ।

लकिङ अवधि सामान्यतया कम्पनीका संस्थापक, कर्मचारी वा स्थानीय बासिन्दाले पाएको सेयरमा लागू हुन्छ। कुन समूहका सेयरमा कति समयसम्म लकिङ रहने भन्ने सम्बन्धित व्यवस्था र कम्पनी अनुसार फरक हुन सक्छ। लकिङ अवधि सकिएपछि भने सम्बन्धित सेयरधनीले ती सेयर बेच्न पाउँछन्।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)