गाउँभर लभ म्यारिजमा प्रतिबन्ध- उल्लंघन गरे सामाजिक बहिष्कार गरिने
lokaantar.com

भारतको हरियाणास्थित हिसारको आर्य नगर गाउँमा प्रेम विवाह (लभ मरिज) मा पूर्ण प्रतिबन्ध लगाउने घोषणा गरिएको छ। गाउँमा हालै एउटै ठाउँका केही जोडीहरूले प्रेम विवाह गरेपछि, ‘आगामी पुस्तालाई बचाउन’ भन्दै पञ्चायतले यो कडा निर्णय लिएको हो।
हिन्दुस्तान टिम्सको रिपोर्टअनुसार, सेप्टेम्बर २० मा गाउँका ज्येष्ठ नागरिक कुलवंत गोसलाको अध्यक्षतामा करिब १ हजार ग्रामीणहरूको सहभागितामा एक पञ्चायत बसेको थियो । बैठकमा यदि एउटै गाउँका युवक-युवतीले आपसमा विवाह गरे भने उनीहरूको पूर्ण रूपमा सामाजिक बहिष्कार गरिने निर्णय गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)