गाजा शान्तिबारे ट्रम्पले गरेको दाबीमाथि फ्रान्सेली राष्ट्रपतिले उठाए प्रश्न
annapurnapost.com · Wed Sep 23 02:13:31 GMT 2026

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजा पट्टीमा शान्ति कायम भएको भनी गरेको दाबीमाथि फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले प्रश्न उठाएका छन्। संयुक्त राष्ट्रसङ्घको साधारण सभाको वार्षिक सत्रलाई सम्बोधन गर्दै म्याक्रोनले शान्तिको घोषणा गरिए पनि गाजामा हालसम्म कुनै पनि मानवीय सहायता मार्ग (ह्युमनिटेरियन करिडोर) पुनः सञ्चालनमा नआएको बताए।
गाजाको वर्तमान स्थितिलाई लिएर अन्तर्राष्ट्रिय समुदायको भूमिकाप्रति प्रश्न उठाउँदै उनले भने, 'विश्वसामु' यस्तो दृश्य छ, जसप्रति हामी सबै लज्जित हुनुपर्छ।'
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)