पोखरामा चाडपर्व लक्षित उपभोक्ता सचेतना कार्यक्रम
ratopati.com · Wed Sep 23 02:21:39 GMT 2026

पोखरा । राष्ट्रिय उपभोक्ता मञ्च गण्डकी प्रदेशको आयोजना र गण्डकी प्रदेश सरकारको सहकार्यमा मङ्गलबार पोखरामा चाडपर्व लक्षित उपभोक्ता सचेतना कार्यक्रम भएको छ ।
‘सहज आपूर्ति व्यवस्थापन, मिसावट र महँगी नियन्त्रयण’ विषयक अन्तक्र्रिया कार्यक्रममा सरकारी निकायका सरोकारवाला कर्मचारी, उद्योगी व्यावसायी र उपभोक्ताहरूको उपस्थिति थियो । कार्यक्रममा सहज आपूर्ति व्यवस्थापन, मिसावट र महँगी नियन्त्रयणमा आधारित रहेर कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बराल, उद्योग तथा पर्यटन मन्त्रालय, गण्डकीका महाशाखा प्रमुख महराज ढकाल, राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन र नेपाल उद्योग वाणिज्य महासङ्घ, गण्डकी प्रदेशका संस्थापक अध्यक्ष सञ्जीवबहादुर कोइरालाले कार्यपत्र प्रस्तुत गरेका थिए । उक्त कार्यपत्रपछिको छलफलमा सहभागीहरूले उपभोक्ताको हितका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)