अमरौट–धरमपुर खानेपानी आयोजनाः १८ करोड लगानीमा निर्माण हुँदै
gorkhapatraonline.com · Wed Sep 23 02:21:09 GMT 2026

पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१४ र १८ का बासिन्दालाई स्वच्छ तथा सहज खानेपानी उपलब्ध गराउने उद्देश्यले अमरौट–धरमपुर खानेपानी आयोजनाको निर्माण प्रक्रिया अघि बढेको छ । १८ करोड रुपैयाँभन्दा बढीको लगानीमा निर्माण हुन लागेको यस आयोजनाका लागि त्रिपक्षीय सम्झौता भएको छ ।
आयोजना कार्यान्वयनका लागि रामग्राम नगरपालिका, खानेपानी तथा ढल व्यवस्थापन कार्यालय, बुटवल र मिलिजुली खानेपानी तथा सरसफाइ उपभोक्ता समितिबिच सम्झौता भएको हो । लामो समयको निरन्तर प्रयास र पहलपछि यो महत्वपूर्ण आयोजना निर्माणको चरणमा पुगेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)