एनआईसी एसिया इक्विटी अपोर्चुनिटी फन्डका इकाइहरुमा आजदेखि आवेदन दिन सकिने
arthasansar.com · Wed Sep 23 02:23:02 GMT 2026

एनआईसी एसिया बैंक म्युचुअल फन्डअन्तर्गत सञ्चालन हुने ‘एनआईसी एसिया इक्विटी अपोर्चुनिटी फन्ड’का इकाइहरुमा आजदेखि आवेदन दिन सकिने भएको छ । योजना व्यवस्थापक एनआईसी एसिया क्यापिटलले उक्त योजनाका १० रुपैयाँ अंकित दरका कुल ८ करोड इकाइको बिक्री खुला गर्न लागेको हो ।
कुल इकाइमध्ये बीज पुँजीबापत १ करोड २० लाख इकाइ कोष प्रवद्र्धक एनआईसी एसिया बैंकलाई सुरक्षित राखी बाँकी ६ करोड ८० लाख इकाइ सर्वसाधारणका लागि जारी गरिनेछ । लगानीकर्ताले न्यूनतम १०० इकाइ र अधिकतममा १ करोड इकाइका लागि आवेदन दिन सक्नेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)