साँगुरीगढीबाटै थायी लेखा नम्बर वितरण : सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो
barnanmedia.com · Wed Sep 23 02:18:43 GMT 2026

यहाँको साँगुरीगढी गाउँपालिकाले व्यक्तिगत तथा नयाँ व्यवसाय दर्ताका लागि आवश्यक पर्ने स्थायी लेखा नम्बर (पान) गाउँपालिकाबाटै वितरण गर्न सुरुआत गरेको छ । यसबाट स्थानीय नागरिक तथा व्यवसायीलाई करसम्बन्धी सेवा लिन जिल्ला सदरमुकाम वा अन्य कार्यालयमा धाउनुपर्ने अवस्थाको अन्त्य भएको छ ।
गाउँपालिका अध्यक्ष जितेन्द्र राईले मङ्गलबार पहिलो पान प्रमाणपत्र हस्तान्तरण गर्दै गाउँपालिकाबाट पान दर्ता तथा वितरण सेवाको औपचारिक शुभारम्भ गर्नुभएको हो । साँगुरीगढी गाउँपालिका–६ सिम्सुवा नजिक बेल्बोटेस्थित सुब्बा ग्यारेजका सञ्चालक विवेक ईवाहाङ गाउँपालिकाबाट पान दर्ता गर्ने पहिलो सेवाग्राही बन्नुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)