यूरोकप २०२४ : पोर्चुगलकाे जितमा रोनाल्डोको नयाँ कीर्तिमान
barnanmedia.com · Sat Jun 22 22:38:50 UTC 2024
कप्तान क्रिस्टियानो रोनाल्डोको नयाँ कीर्तिमानमा यूरोकप २०२४ अन्तर्गत समूह 'एफ' मा टर्कीविरुद्ध सहज जित हासिल गर्दै पोर्चुगल अन्तिम १६ मा प्रवेश गरेको छ।
शनिबार सम्पन्न खेलमा पोर्चुगलले टर्कीमाथि ३–० गोलको सहज जित हासिल गरेको हो। पोर्चुगलको जितमा बर्नाल्डो सिल्भा र ब्रुनो फनान्डेसले समान एक एक गोल गरे। अर्को गोल भने उपहार पाएको थियो।यस खेलमा गोल नगरेपनि कप्तान रोनाल्डोले नयाँ कीर्तिमान भने कायम गरेका छन्। यस खेलमा तेस्रो गोलको लागि ब्रुनोलाई पास उपलब्ध गराएसँगै युरोकपमा सर्वाधिक गोलको लागि पास दिने खेलाडीको कीर्तिमान कायम गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)