नेपाली कांग्रेसको पालिका अधिवेशन आज, गण्डकीका ८५ वटै पालिकामा तयारी पूरा
ratopati.com · Wed Sep 23 02:32:09 GMT 2026

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज देशभरका स्थानीय तहहरूमा पालिका अधिवेशन हुँदैछ । यसै क्रममा गण्डकी प्रदेशका सबै ८५ वटै पालिकामा अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ ।
गण्डकी प्रदेशमा १ महानगरपालिका, २६ नगरपालिका र ५८ गाउँपालिका गरी कुल ८५ वटा स्थानीय तह रहेका छन् । सबै पालिकामा शान्तिपूर्ण र व्यवस्थित रूपमा अधिवेशन सम्पन्न गर्न आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको नेपाली कांग्रेस गण्डकी प्रदेशका महामन्त्री विष्णुप्रसाद लामिछानेले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)