एमाले केन्द्रीय कमिटी बैठक: आज प्रतिवेदनमाथिको छलफल सकिने
gorkhapatraonline.com · Wed Sep 23 02:34:55 GMT 2026

नेकपा एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक अहिले ९ बजेबाट सुरु हुँदैछ । बैठकमा केन्द्रीय सदस्यहरुले आफ्ना धारणा राख्ने क्रम जारी छ ।
पार्टीको प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यका अनुसार हिजोसम्म १ सय १८ जना केन्द्रीय सदस्यहरुले अध्यक्ष केपी शर्मा ओलीले प्रष्तुत गरेको प्रतिवेदन माथी धारणा राखिसकेका छन् भने बुधबार बाँकी सदस्यहरुले धारणा राख्ने छन् । केन्द्रीय सदस्यहरुलाई बोल्नका तीन् मिनेटको समय उपलब्ध गराइएको छ । बैठकमा विभिन्न नौ वटा एजेण्डामा माथी बहस भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)