सिटिजन्स बैंकले बोलायो साधारणसभा, लाभांश प्रस्ताव पारित गर्ने, बुक क्लाेज कहिले ?
arthasansar.com · Wed Sep 23 02:34:05 GMT 2026

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले वार्षिक साधारणसभा आह्वान गरेको छ । बैंकको २० औँ वार्षिक साधारणसभा आगामी असोज २८ गते हुने भएको हो ।
बैंक सञ्चालक समितिको बैठकको निर्णयअनुसार सभा काठमाडौंको कालिकास्थान, डिल्लीबजारस्थित अमृतभोगमा बिहान ११ बजेदेखि सुरु हुने छ । सभामा आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित बैंक तथा सहायक कम्पनीहरूको एकीकृत वित्तीय विवरण, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)