EXCLUSIVE: नेप्सेको थोत्रो सिस्टम हदैसम्म कमसल, यस्तो छ लुकाइएका ३ प्रतिवेदनको नालीबेली… (भिडियो ब्रिफिङ)
arthasarokar.com · Wed Sep 23 02:31:33 GMT 2026

काठमाडौँ । नेप्सेभित्र यति घुसखोरी छ कि, त्यति भ्रष्टाचार त मालपोत वा भन्सारमा पनि हुँदैन होला । घुसै घुसले गिजोलिएर महँगो मूल्य परेको तर सस्तोमा बनेको वाईकोको कमसल सिष्टमकै कारण, लाखौँ सेयर लगानीकर्ताको विवरण जोखिममा छ । तर नेप्से निरीह छ वाईकोसँग, लाचार छ, भ्रष्ट सिष्टमसँग । गर्नचाहिँ अझ काम गरे गरे जस्तो पनि गर्छ, थोत्रो सिष्टमका भरमा चलेको नेप्से टेक्निकल्ली राम्रो भए भए जस्तो नाटक पनि गर्छ । ह्याकरको एक क्लिकले सब सखाप पार्ने लुप होल छाडेर नेप्से, सबै ठिक भए भए जस्तो पनि गर्छ । हिजो नेप्सेको सिष्टम ह्याक भयो, कारोबार बन्द गर्नुपर्ने स्थिति आयो, अझै पनि समस्या समाधान भएको छैन, तर सबै समस्या समाधान भयो भयो जस्तो गरेर नेप्सेले कारोबार सुचारु गरेको छ । तर आफ्नो कमजोरी ढाकछोप गर्न, काम गरे गरे जस्तो गरेपनि नेप्सेको सिष्टम भ्वाङ्ग परेको छ । र यो तथ्य हामीले भनेका होइनौँ, स्वयम् नेपाल धितोपत्र बोर्डको प्रतिवेदन र नेप्सेको आईएस अडिटले पत्ता लगाएको चीज हो । र आज हामी त्यही तथ्यको नालीबेली खोतल्दैछौँ, जसले देखाउँछ, नेप्सेले वाईकोसँगको सेटिङ्गमा त्यस्तो कमसल सिष्टम प्रयोग गरिरहेको छ, जहाँ वाईकोका कर्मचारीहरुले जे गरे पनि मिल्छ, बाइलाई सेल देखाउन, सेललाई बाइ देखाउन मिल्छ, कारोबार गरेर कारोबार नै छैन भन्ने देखाउन पनि मिल्छ, आफूले चाहेको स्क्रिप्टको भाउ जति देखाउन पनि मिल्छ, जस्तो छेडखानी गर्न पनि मिल्छ । अनि पुराना पार्टीले चुनावका नाममा चन्दा उठाउन नेप्सेका सिइओ बनाएर पठाएकाहरुसँगको सेटिङ्गमा बनेको सिष्टमका भरमा सेयर बजार चलिरहेको छ । हामीले यो तथ्य भनेको थुप्रै भयो, यसपाली परिणामले देखायो कति कमजोर छ नेप्सेको सिष्टम भनेर । र हामी आज नेप्सेको कमजोरीबारे स्वयम् नेप्से र सेबोनले लुकाएका उनीहरुकै प्रतिवेदन खोतल्ने प्रयास गर्दैछौँ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)