गुटेरेसको चेतावनी : युद्ध, असमानता, जलवायु संकट र एआई विश्वका लागि शक्तिको चार ठूला परीक्षा
aarthiknews.com

न्युयोर्क । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले विश्व अहिले गहिरिँदो युद्ध, बढ्दो असमानता, जलवायु संकट र तीव्र गतिमा विकास भइरहेको कृत्रिम बुद्धिमत्ताको चुनौतीबीच उभिएको बताएका छन्। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको २२ सेप्टेम्बर २०२६ मा सुरु भएको उच्चस्तरीय बहसलाई सम्बोधन गर्दै गुटेरेसले विश्वका वर्तमान संकटहरू अलग–अलग नभई शक्तिको बदलिँदो स्वरूपसँग जोडिएका विषय भएको बताएका हुन्।
गुटेरेसले पछिल्लो दशकमा विश्वका विभिन्न क्षेत्रमा भएका युद्धले ठूलो मानवीय क्षति निम्त्याएको उल्लेख गर्दै युद्धमा सर्वसाधारण नागरिक सबैभन्दा बढी प्रभावित भइरहेको बताए। उनका अनुसार युद्धमा नागरिकलाई निशाना बनाउने, मानवअधिकारको उल्लंघन गर्ने, भोकमरीलाई हतियारका रूपमा प्रयोग गर्ने र मानवीय सहायता पुर्याउने व्यक्तिको हत्या हुने अवस्था देखिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)