टी२० विश्वकप : सुपर आठमा भारतकाे बंगलादेशमा ५० रनकाे
barnanmedia.com · Sat Jun 22 22:47:52 UTC 2024
आइसिसी टी२० विश्वकपअन्तर्गत सुपर आठमा भारतले लगातार दोस्रो जित हासिल गरेको छ।
शनिबार सम्पन्न खेलमा भारतले बंगलादेशलाई ५० रनले पराजित गरेको हो। यसअघि पहिलो खेलमा भारतले अफगानिस्तानलाई ४७ रनले पराजित गरेको थियो।भारतले दिएको १९७ रनको लक्ष्य पछ्याएको बंगलादेशले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १४६ रन मात्रै बनाउन सक्यो। बंगलादेशका कप्तान नजमुल शान्तोले सर्वाधिक ४० रन बनाए। उनले एक चौका र तीन छक्का प्रहार गरे। तन्जिद हसन २९, रिशाद हुसेन २४, लिटनकुमार दास १३, महमुदउल्लाह १३ र शाकिब अल हसन ११ रनमा आउट हुँदा अन्यले राम्रो प्रदर्शन गर्न सकेनन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)