'इतिहासको जगमा लालीगुराँस नेपाल'
shilapatra.com · Wed Jul 22 13:20:00 GMT 2026

नेपाली लोकतान्त्रिक आन्दोलनका दुई महान् व्यक्तित्व जननायक बीपी कोइराला (साउन ६) र नेपाल कम्युनिस्ट आन्दोलनका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ (साउन ७) को स्मृतिदिवस लगभग सँगसँगै पर्नु केवल पात्रहरूको संयोग होइन, नेपालको आधुनिक राजनीतिक यात्राको एउटा अर्थपूर्ण प्रतीक पनि हो ।
फरक विचारधाराबाट राजनीति गरे पनि दुवै नेताको उद्देश्य एउटै थियो, जनतालाई अधिकारसम्पन्न बनाउने, लोकतन्त्रलाई संस्थागत गर्ने र नेपाललाई आधुनिक राष्ट्रको बाटोमा अघि बढाउने । त्यसैले उहाँहरूलाई सम्झनु भनेको केवल विगतको सम्मान गर्नु मात्र होइन, वर्तमानलाई सही ढंगले बुझ्नु र भविष्यको दिशा तय गर्नु पनि हो ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)