एमाले उपमहासचिव भट्टराईले प्रतिवेदनमा भने, “नेतृत्व हस्तान्तरण भनेको पार्टीलाई नयाँ जीवन, नयाँ दिशा र नयाँ विश्वास दिनु हो “
kendrabindu.com · Wed Sep 23 02:55:12 GMT 2026

काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेस भट्टराईले जारी केन्द्रीय कमिटिको बैठकमा १६ पृष्ठ लामो ‘वर्तमान चुनौती र पार्टीको बहुआयामिक पुनर्गठनका लागि प्रस्ताव’ प्रस्तुत गरेका छन् ।
एमालेभित्र नेतृत्व हस्तान्तरणको वहस चलिरहेको बेला उपमहासचिव भट्टराईले प्रस्तुत गरेको प्रतिवेदनमा भनेका छन् “नेतृत्व हस्तान्तरणको उद्देश्य केवल नेतृत्व परिवर्तन गर्नु होइन, पार्टीलाई नयाँ जीवन, नयाँ दिशा र नयाँ विश्वास दिनु हो ।” सिङ्गो पार्टीलाई एकताबद्ध गर्दै नेताकार्यकर्ताबीचको भरोसा पुनःस्थापित गर्नुपर्दछ र आगामी स्थानीय तह तथा प्रदेशसभाका निर्वाचनमा नेकपा (एमाले) को प्रभावकारी उपस्थिति र विजयका लागि आवश्यक राजनीतिक तथा संगठनात्मक आधार निर्माण गर्न आजको आवश्यकता रहेको प्रतिवेदनमा उल्लेख गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)