विश्वको छानो खसिरहेको चेतावनी नेपालको विपद्ले पुष्टि गर्यो : एन्टोनियो गुटेरेस
annapurnapost.com · Wed Sep 23 02:49:11 GMT 2026

काठमाडौं : संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले तीन वर्षअघि सगरमाथाको काखबाट दिएको चेतावनीलाई नेपालमा हालै देखिएका बाढी तथा पहिरोजस्ता विनाशकारी प्राकृतिक विपद्ले थप पुष्टि गरेको बताएका छन्। संयुक्त राष्ट्रसंघको ८१ औँ महासभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै महासचिव गुटेरेसले जलवायु परिवर्तनको असर सोचेभन्दा निकै छिटो र कडा रूपमा देखापरिरहेको उल्लेख गरे।
सम्बोधनका क्रममा उनले भने, 'तीन वर्षअघि नेपालका हिमालहरूबाट मैले ‘विश्वको छानो खसिरहेको’ र हिउँ तीव्र गतिमा पग्लिरहेको चेतावनी दिएको थिएँ। कतिपयले त्यसलाई बढाइचढाइ गरिएको भनेर पन्छ्याए पनि अहिलेका दुःखद घटनाहरूले यसको कडा प्रहार छिट्टै आइपुगेको प्रमाणित गरेका छन्।'
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)