हिल स्टेसनले लम्ब्याउँदै पर्यटकको बसाइ
gorkhapatraonline.com · Wed Sep 23 03:02:38 GMT 2026

बुटवल आउने पर्यटकलाई आसपासका हिल स्टेसनसम्म पुर्याएर पर्यटकीय गतिविधि विस्तार गर्ने सम्भावना बढेको छ । बुटवलनजिकै रहेका नुवाकोट र वसन्तपुरमा केबुलकार सञ्चालनमा आएपछि यहाँ आउने पर्यटकको बसाइ लम्ब्याउन सकिने आधार तयार भएको हो । लुम्बिनी भ्रमणमा आउने भारतीय तथा तेस्रो मुलुकका पर्यटकलाई बुटवलमा एक दिन रोकेर नुवाकोट र वसन्तपुरलगायतका पर्यटकीय गन्तव्यमा पुर्याउन सकिने पर्यटन व्यवसायीको भनाइ छ । बेलहिया नाकाबाट नेपाल प्रवेश गर्ने पर्यटकका लागि समेत बुटवललाई आधार बनाएर आसपासका हिल स्टेसन घुमाउने योजना बनाउन सकिने उनीहरूको धारणा छ ।
बुटवलको मुख्य बजारबाट नजिकै रहेको नुवाकोट ऐतिहासिक तथा प्राकृतिक पर्यटनका दृष्टिले महत्वपूर्ण गन्तव्य हो । बुटवल–बेलबासबाट करिब १० किलोमिटर सडक दुरीमा रहेको नुवाकोटगढीमा नेपाल–अङ्ग्रेज युद्धका समयका ऐतिहासिक अवशेष, भैरव मन्दिर, तोपाहान क्षेत्र, खरखजाना घरलगायतका स्थल छन् । नुवाकोटबाट बुटवल बजार तथा तराईका फाँटको दृश्यसमेत अवलोकन गर्न सकिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)